सारांश
काठमाडौं । लेखक एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ ।
फुलारा लिट्रेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ ।
उक्त देउडा गीतको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधिकारिक युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको हो । ‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ बिग परिवेश स्टुडियोमा भएको हो ।
रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहराको अभिनय रहेको छ ।
‘नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारणले छुट्टिन बाध्य भएका घट्नाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ,’ फुलाराले भने ।