सारांश
काठमाडौं । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौँको वन सिनेमामा एक समारोहबीच सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक असर देखाउन खोजिएको छ ।