Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

इनास अबुधावीले म्यूजिकल धमाका गर्ने, प्रमोद-अस्मिता लगायतका कलाकारको प्रस्तुति हुने


सारांश

इनास अबुधावीले म्यूजिकल धमाका गर्ने,  प्रमोद-अस्मिता लगायतका कलाकारको प्रस्तुति हुने
images

काठमाडौं । अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाज इनास अबुधावी युएईले इनास म्यूजिकल धमाका (सिजन-२) को आयोजना गर्ने भएको छ।

उक्त धमाका आगामी जुन १५ तारिखका दिन फोकलर थिएटर (अबुधावी बसपार्क पछाडि) आयोजना गरिदैछ।

उक्त कार्यक्रममा धमाका मच्चाउन नेपालबाट चर्चित गायक प्रमोद खरेल, चर्चित गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, सेलो गायक विश्वदोङ तामाङ, गायिका सुनिता कार्की अबुधावी जाने भएका छन् ।

साथमा स्थानीय नेपाली कलाकारहरु बेजोड प्रस्तुतिहरू रहने इनास अबुधावीका अध्यक्ष अस्मत घिमिरेले जानकारी दिए।

441970462_1103439854220188_4051249424725405742_n.jpg
इनास अबुधावी अध्यक्ष अस्मत घिमिरे

यो कार्यक्रमलाई विशेष बनाउन युएईमा हुने सबै नेपालीहरुलाई उपस्थित हुन आव्हान गर्दै अध्यक्ष घिमिरेले भने- "यस कार्यक्रममा यूएईमा विभिन्न पेशागत रुपमा कर्म गरी रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरु तथा दाजुभाईहरूलाई कार्यक्रममा सहभागी भई भरपुर मनोरञ्जन लिई कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्नका लागि हार्दिक निमन्त्रणा साथै चुल्हो निम्तो दिन चाहन्छु।"

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij