Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

संगीतकार निरज सिङको नेपाली चलचित्रमा धमाकेदार इन्ट्री


सारांश

संगीतकार निरज सिङको नेपाली चलचित्रमा धमाकेदार इन्ट्री
images

काठमाडौं । विगत अढाई दशकदेखि बलिउड म्यूजिक इन्ड्ष्ट्रीमा साउण्ड इन्जिनियर र मिक्सिङ इन्जिनियरको रुपमा कार्यरत निरज सिंह अब संगीतकारको रुपमा नेपाली चलचित्र उद्योगमा इन्ट्री गरेका छन् ।

हाल निर्माणाधीन नेपाली कथानक चलचित्र "रावायण" मा निरजले संगीत भरेका छन् । उनले संगीत गरेको गीतमा चर्चित बलिउड गायक कुणाल गान्जावाला र चर्चित गायिका सोनु कक्करले स्वर दिएका छन् । गान्जावालाले उनी भिघे ओठ तेरे, दुपट्टा तेरालगायत चर्चित गीत गाएका छन्, त्यस्तै सोनु भारतको व्यस्त गायिका मध्येमा पर्छिन् ।
436551266_299592206559327_6413357833506261462_n.jpg
बलिउडका ख्यातिप्राप्त गायक कैलाश खेरको कैलाशा म्युजिक स्टूडियोमा साउण्ड र मिक्सिङ इन्जिनियरको रुपमा कार्यरत निरजले बलिउडका महान कलाकार लता मङ्गेश्वर, आशा भोश्ले, अमिताभ बच्चन देखि उदितनारायण झा, कुमार सानू, कैलाश खेर हुँदै अन्नु मलिक, प्रितम, विशाल शेखर, अमित त्रिदेवी अरिजित सिंह, श्रेया गोशाल, सुनिधि चौहान लगायत बलिउडका सबै प्रख्यात गायक, गायिका एवं संगीतकारसंग काम गरिसकेका छन् ।
 
मुम्बई युनिभर्सिटीबाट संगीत सम्बन्धि कोर्स पास गरेका निरज नेपाली भाषी हुन् । उनले गीटार निकै राम्रो बजाउँछन् ।
436421704_7347253812053334_6874469535373194872_n.jpg
यतिका वर्षदेखि बलिउड म्यूजिक स्टूडियोमा काम गर्दै आएका निरजलाई मुम्बईमा आफूले सिकेको ज्ञान र अनुभवलाई नेपाली चलचित्रमा एक्स्प्लोर गर्ने रुचि रहेछ।
उनी भन्छन् - "मैले यतिका बर्ष बलिउडमा बसेर जुन कुरा सिके, त्यसलाई नेपाली गीतमा शेयर गर्ने चाहना छ।"
 
निरज मुम्बईमै बस्ने र त्यहाँको पनि चर्चित रेकर्डिष्ट भएकाले नेपालबाट गीत रेकर्ड गर्न मुम्बई जाने निर्माता, निर्देशक, संगीतकार, गायक, गायिका संग उनको राम्रो सम्बन्ध छ। भेटघाटका क्रममा धेरै निर्माता निर्देशकले उनलाई संगीतकारको अफर धेरै पहिले देखि नै गरेका हुन् । निर्देशक निरक पौडेलको चलचित्रमा त उनले म्यूजिक सिटिङ समेत गरिसकेका थिए।
436489761_2222463694752455_6663562029498824715_n.jpg
निरज अगाडि थप्छन् , "मलाई थुप्रै डाइरेक्टर प्रोडुसरले ल हामी संगै काम गर्नुपर्छ है भन्नुहुन्थ्यो, अहिले आएर बल्ल त्यो संयोग जुर्यो।"
 
अब आफूपनि मेण्टल्ली देखि सबै हिसाबले संगीत गर्नको लागि तयार रहेको उनको भनाई छ।
 
अरु नेपाली चलचित्रबाट बलिउडमा जाने रहर गर्छन् , तर तपाईं त बलिउडमा स्थापित भएर नेपाली चलचित्रमा किन नि भन्ने प्रश्नमा उनी भन्छन् ,"पढाईको शीलशीलामा यता आए, पढाइ लगत्तै यतै काम गर्न थाले। काम गर्न थालेको पनि २२/२५ साल भन्दा धेरै भएछ। अब आफूले जानेको कुरा संगीतका माध्यमबाट नेपाली श्रोता र दर्शक समक्षपस्किएको छु। गीत, संगीतलाई कुनै भुगोल र भाषामा सँकुचित पार्नु हुँदैन भन्ने मेरो मान्यता हो।"
Capture.PNG

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘रावायण’मा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । निरजले बनाएको गीत निकै राम्रो भएको र यसले धमाका मच्चाउने निर्देशक थापाले बताए।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij