Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ


सारांश

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
images

काठमाडौं । बलात्कार आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

 
“काठमाडौं जिल्ला अदालतको फैसला बदर भएको छ । सन्दीपले सफाइ पाएका छन्,” प्रवक्ता पराजुलीले भने ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा सन्दीपलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानासहित थप दुई लाख क्षतिपूर्ति हुने फैसला भएको थियो ।

काठमाडौं जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ता झिकाएर गौशाला २६ बालिग रहेको ठहर गरेको थियो । तर, सन्दीपले गौशाला २६ को कमजोर आर्थिक अवस्थाको 'नाजायज फाइदा' उठाएको जिल्ला अदालतको निष्कर्ष थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij