Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

देशलाई अब अझ माथि पुर्‍याउँछु : सन्दीप लामिछाने


सारांश

देशलाई अब अझ माथि पुर्‍याउँछु : सन्दीप लामिछाने
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अब देशलाई अझै माथि पुर्‍याउने बताएका छन् ।

बुधबार उच्च अदालत पाटनबाट सफाएपछि छोटो प्रतिक्रया दिँदै उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै पनि आएको बताए ।

 
"एक वर्षभन्दा धैरै भयो । पहिलो दिनदेखि नै मैले आफू निर्दोष छु भनेर भनिरहेको थिएँ । धेरै नै तरिकाले मलाई नभएको अपराधो दोषी खडा गरिएको थियो । अन्तत: हामी यहाँसम्म आइसकेका छौँ । मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, आज पनि उच्च अदालतको फैसलाको सम्मान गरेर अगाडि बढ्नेछु । जतिले पनि मलाई साथ दिनुभएको थियो, आभारी छु । आगामी दिन नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु," उनले भने ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij