Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

चलचित्र पत्रकारिता दिवस : चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान


सारांश

चलचित्र पत्रकारिता दिवस : चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान
images

काठमाडौं । चलचित्र पत्रकार सङ्घ नेपालले २५औँ रजत वार्षिक उत्सव पारेर कला क्षेत्रका क्रियाशील दर्जन बढी पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले नगद ५५ हजार ५ सय ५५ सहित ‘चलचित्र पत्रकारिता रजत सम्मान २०८१’ प्राप्त गरे ।
 
सङ्घका अध्यक्ष समीर बलामीको सभापतित्व र कार्यक्रम उपाध्यक्ष कुबेर गिरीको संयोजकत्वमा सम्पन्न समारोहमा पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठ ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८१’बाट सम्मानित भए ।
 
त्यसैगरी पत्रकार सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपियाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१’बाट पुरस्कृत भएको कार्यक्रममा पत्रकार मदन रिजाल र दाङका पत्रकार शिव पुनले जनही २५ हजार रुपियाँसहित क्रमशः ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१’ र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१’ प्राप्त गरे । 

सोमबार साँझ राजधानीको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम अभिनेत्री भुवन चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुसाल लगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

सङ्घका अध्यक्ष समीर बलामीले संघको रजत जयन्तीसँगै पत्रकारहरू सच्चिएर जानुपर्नेमा जोड दिए । चलचित्र पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्नेछौ’ बलामीले भने । 

कार्यक्रममा चलचित्र पत्रकारिता रजत बर्ष पारेर पत्रकार डिबी खड्का, दिपक बिष्ट, रञ्जन खनाल, शिल्पा अधिकारी, जयनसुब्बा मानन्धर, अमृत पुडासैनी, मनिराज गौतम, रवीन्द्र खड्काले ‘चलचित्र पत्रकार रजत वर्ष विशेष सम्मान’ प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij