सारांश
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।
मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार काठमाडौंको लाजिम्पाटमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोस्रो चरणमा पनि पाँच खेल थप गरिएको घोषणा गरे ।
थप गरिएका खेलहरूमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् ।