सारांश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्न सरकारले भूमिका खेल्नुपर्ने बताएकी छन् ।
बिहीबार काठमाडौंमा जुत्ता उत्पादक संघले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय फुटवयेर औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यस प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।