सारांश
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट संसदबाटै आउने बताएका छन्।
संघीय संसदको प्रतिनिधि सभा बैठकपछि संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले संसद चलिरहेका बेला बजेट अध्यादेश बाट नआउने बताएका हुन्।
सरकारले बजेट संसदबाट ल्याउने तयारी गरिरहेको उनको भनाई छ। ‘संविधानले बजेट जेठ १५ गते पेश गर्ने भनेको छ।जेठ १५ गते संसदबाटै बजेट आउँछ। संसद चलिरहेका बेला अध्यादेश आउँदैन,’ उनले भने ।
प्रतिनिधि सभाको बैठक भने लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पार्दै आएको छ। कांग्रेसले सहकारीको रकम अपलचनमा जोडिएको भन्दै गृहमन्त्री रवि लामिछानेको नाममा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ। छानबिन समितिको कार्यक्षेत्र र कार्यादेश तय गर्न गठित कार्यदलमा अझै सहमति जुटेको छैन ।