Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्तो बन्यो ‘लण्डन टु पेरिस’को ट्रेलर


सारांश

यस्तो बन्यो ‘लण्डन टु पेरिस’को ट्रेलर
images

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र लण्डन टु पेरिसको ट्रेलर सार्वजनिक भएको छ । 

चलचित्रको सार्वजनिक ट्रेलरले डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।

निश्चलको साथीको रुपमा देखिएका कविरलाई पनि ट्रेलरको अन्तिममा डेव्यु अभिनेत्री गरिमाको प्रेममा परेको देख्न सकिन्छ । 

चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।
 
निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij