Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फ्रेन्च कपको उपाधि पीएसजीले जित्यो


सारांश

फ्रेन्च कपको उपाधि पीएसजीले जित्यो
images

एजेन्सी । फाइनलमा लियोनविरुद्ध २–१ को जित निकाल्दै  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । 

शनिबार डेकाथलोन एरिना  स्टेड पियरे मौरोयमा भएको फाइनल पीएसजीलाई जित दिलाउन उस्मान डेम्बेले र फाबियम रुइजले गोल गरे ।

२२औँ मिनेटमा उसामाने डेम्बेलेले गोल गरेपपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ३४औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । 

खेलको ५५औँ मिनेटमा लियोनका लागि जेक ओ–ब्रायनले गोल गर्दै अग्रता पीएसजीको २–१ मा झारे पनि हार टार्न भने सकेनन् । यो पीएसजीले जितेको १५औँ फ्रेन्च कपको उपाधि हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij