Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अर्थमन्त्रीको आश्वासन : सहकारीको बचत फिर्ता हुन्छ


सारांश

अर्थमन्त्रीको आश्वासन : सहकारीको बचत फिर्ता हुन्छ
images

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् ।

मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री पुनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने आश्वासन पनि दिएका छन् ।

‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij