काठमाडौं । टी २० विश्वकप क्रिकेट नजिकिंदै गर्दा खेल, खेलाडी र देशप्रति समर्पित गीत सार्वजनिक भएको छ।
विहीबार धुर्मुस सुन्तली युट्यूवमार्फत बजारमा आएको उक्त गीतले खेलाडीको मनोबल उच्च बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। यो गीतले युट्यूवमा निकै राम्रो प्रतिक्रिया पाएको छ। कतिले त यसलाई क्रिकेट सम्बन्धि बनेको अहिलेसम्मकै उत्कृष्ट गीत भनेर कमेन्ट गरेका छन् ।
लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्दरचनामा युवा संगीतकार राजेन्द्र बजगाईको संगीतमा यश गीतमा अहिलेका चर्चित गायक डेविड शंकर, सुजाता के. सी., सरु गौतम, सविन सुवेदी, सुवास तिमल्सिना लगायतको स्वर रहेको छ।