सारांश
काठमाडौं । नवौँ संस्करण आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७।४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।