सारांश
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीको चलचित्र 'ह्रस्व दीर्घ' को प्रदर्शन मिति हेरफेर गरिएको छ।
यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरिएकोमा चलचित्रलाई एक हप्ता पहिले नै रिलिज गरिने भएको हो।
चलचित्रलाई संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्मात्री एवं अभिनेत्री नीताले बताइन्।
हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।