सारांश
काठमाडौं । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा “भ्वाइस नोटिफिकेशन”सेवा सुरु गरेको छ।
यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्यु.आर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुन: परिभाषित गरेको छ। उक्त सुबिधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, "नोटिफिकेसन सेटिंग" बाट "भ्वाइस नोटिफिकेशन" सुचारु गर्न सक्नेछन् ।
भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक-समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको फोनपेका सीईओ दिवस कुमारले बताए ।