Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

शुटिङ सेटबाटै निर्देशक सुदर्शन थापा पक्राउ


सारांश

शुटिङ सेटबाटै निर्देशक सुदर्शन थापा पक्राउ
images

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा  परेका छन् । 

काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने क्रममा थियो ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij