Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यूएईमा "बृहत् सांगीतिक साँझ तथा सम्मान कार्यक्रम" हुँदै


सारांश

यूएईमा "बृहत् सांगीतिक साँझ तथा सम्मान कार्यक्रम" हुँदै
images

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास यूएईको आयोजनामा म्यूजिक भिडियो कलाकार संघ नेपालको प्रस्तुति स्वरुप "बृहत् सांगीतिक साँझ तथा सम्मान कार्यक्रम" हुने भएको छ।

नेपाली ख्यातिप्राप्त करीब २ दर्जन कलाकारको सहभागिता रहने सो कार्यक्रम यही जुन ९ तारिख अर्थात् जेष्ठ २७ गते आइतबार हुँदैछ।

यस कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की देखि अहिलेका चर्चित गायक टंक बुढाथोकी सम्मको प्रस्तुति रहने कार्यक्रम संयोजक शिवन पोखरेलले जानकारी दिएका छन् ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागी इनास युएईका अध्यक्ष एम. डि. बोहोराले आव्हान गरेका छन् ।

अध्यक्ष बोहोराले युएईवासीलाई उपस्थितिको लागि आग्रह गरेका छन् । उनले समाजिक संजालमा लेखेका छन् ," कार्यक्रम भव्य अनि सभ्य रूपमा सफल बनाउनको निमित्त नेपालबाट आमन्त्रित ख्याति प्राप्त कलाकारहरू आउदै हनुहुन्छ | तसर्थ तमाम यूएईबासी सम्पुर्ण नेपाली दाजुभाईहरू दिदीबहिनीहरू सहभागी भई कार्यक्रमलाई भब्य रूपमा सफल पार्नको लागि हार्दिक अनुरोध तथा हार्दिक निमन्त्रण गर्दछौ॥"

54800063_10216460799009804_8442143650653143040_n.jpg
इनास युएईका अध्यक्ष एम. डि. बोहोरा

अध्यक्ष बोहोराले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको पनि जानकारी गराएका छन् ।

स्मरणीय कुरा के छ भने इनास विश्वका करीब ७५ वटा देशमा बिस्तारित छ । त्यसमध्ये इनास युएई निकै कृयाशील छ। बेला-बेलामा यस किसिमका कार्यक्रम आयोजना गर्दै आएको इनास युएई एम. डी. बोहोरा अध्यक्ष भएपछि अझ धेरै गतिशील र चलायमान भएको इनास ग्लोबल बताउँछ ।

"बृहत् सांगीतिक साँझ तथा सम्मान कार्यक्रम" कार्यक्रम जुन ९ क्लब एस के सेभेन बरदुबईमा १ बजे देखि शुरु हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij