Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

१०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बने किरण


सारांश

१०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बने किरण
images

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले १००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । किरणले मंगलबार राति यमनविरुद्धको खेलसँगै नेपाली टिमबाट १००औँ खेलको कोसेढुंगा पार गरेका हुन् । 

साउदी अरेबियामा भएको उक्त खेलमा नेपाल २–२ को बराबरीमा रोकिएको थियो । नेपालले खेलको ९०औँ मिनेटसम्म २–१ को अग्रता बनाएको थियो । तर, ६ मिनेटको इन्जुरी समयमा गोल गर्दै यमन खेलमा फर्किएपछि नेपाल बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । 

यो खेलसँगै किरण नेपाली टिमबाट १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो फुटबलरसमेत बने । खेलपछि किरणलाई नेपाली टिमले १००औँ नम्बरको जर्सी प्रदान गर्दै सम्मान समेत गरेको थियो । सन् २००८ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका किरण त्यसयता टिममा निरन्तर छन् । 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij