सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अबुधावीले आयोजना गरेको "इनास म्यूजिकल धमाका सिजन-२" मा सहभागी हुन युएई पुगेका अहिले युवा पुस्ताका रुचाईएका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् ।
अस्मिता र महेशले दुबईको बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा मंगलबार औंठी साटासाट गरेका हुन् । दुवैले ईंगेजमेन्टका लागि कपडाहरु नेपालबाट लिएरै गएका थिए । औंठी भने दुबईमा नै खरिद गरेका हुन् ।
बाल्यकालमै गाएको ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा…’ बोलको गीतबाट महेश संगीत क्षेत्रमा आफूलार्ई चिनाएका थिए । उनले गाएकामध्ये ‘हावा चल्यो सिरिरि, नाच फिरिरि…’, ‘माया बिरानी..’ हिट छन् ।
यसैगरि, अस्मिता टीभी रियालिटी शो नेपाल आइडलबाट उदाएकी हुन् । नेपाल आइडलको दोस्रो संस्करणमा उनी टप ४ सम्म पुगेकी थिइन् । उनले दर्जनौं सुपरहिट गीत दिइसकेकी छन् । जसमध्ये ‘टाढा भए पनि…’ बोलको गीत सर्वाधिक हिट छ ।
अस्मिता र महेशले केही चर्चित गीत सँगै गाएका छन् ।