Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कोपा अमेरिका सुरु : अर्जेन्टिनाको विजयी सुरुआत


सारांश

कोपा अमेरिका सुरु : अर्जेन्टिनाको विजयी सुरुआत
images

एजेन्सी ।  क्यानडाविरुद्ध २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका–२०२४ मा विजयी सुरुआत गरेको छ ।

शुक्रबार मर्सिडिज बेन्ज रंगशालामा अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।

अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४९औँ मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । मार्टिनेज अल्भारेजकै स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै तीन अंकसहित अर्जेन्टिना समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्यानडा तालिकाको पुछारमा छ । यो समूहमा अर्जेन्टिना र क्यानडासँगै पेरु र चिली छन् ।

यो संस्करणमा कुल १६ टिमको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij