Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सुरु भयो नेपाल अफ्रिका चलचित्र महोत्सव


सारांश

सुरु भयो  नेपाल अफ्रिका चलचित्र महोत्सव
images

काठमाडौं । ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू भएको छ । असार ९ गतेसम्म चल्ने महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदै छन् । 

महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।

महोत्सव उद्घाटन समारोहमा अभिनेता शिव श्रेष्ठले चलचित्र महोत्सवले विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउने बताए । त्यसैले चलचित्र महोत्सवहरू भइरहनुपर्नेमा उनको जोड छ । 

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा शुक्रबारदेखि काठमाडौं सुन्धारास्थित सिने डी सेफ चलचित्र भवनमा महोत्सव सुरू भएको हो । 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij