Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अवुधावीमा "इनास म्यूजिकल धमाका सिजन-२" भव्यताका साथ सम्पन्न


सारांश

अवुधावीमा "इनास म्यूजिकल धमाका सिजन-२" भव्यताका साथ सम्पन्न
images
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अवुधावीले "इनास म्यूजिकल धमाका सिजन-२" भव्यताका साथ सम्पन्न गरेको छ।
 
448450111_728193712652979_2650159689828712193_n.jpg
उक्त कार्यक्रमका प्रमुख अतिथि युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले इनास अबुधावीले नेपाली कला र संस्कृतिको प्रबर्द्धनका लागि यस किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमको प्रशंसा व्यक्त गरे। राजदुत क्षेत्रीले भने," यस प्रकारका कार्यक्रमले हामी जुन ठाउँमा बसेपनि आफ्नोपनको आभास दिन्छ र आउने पुस्ताले पनि हाम्रो पहिचान बिर्सिदैन।"
 
448730893_1698307454242941_2598322492972540045_n (1).jpg
कार्यक्रमका विशिष्ट अतिथि इनास नेपालका अध्यक्ष एवं इनास ग्लोबलका मिडिया प्रमुख दयाराम पाण्डेयले इनास अबुधाबी युएईको टिमको एकता र कामप्रतिको लगावको मुक्त कण्ठले सर्हाना गर्दै अन्य मुलुकमा रहेका इनासका च्याप्टरले पनि यसबाट धेरै कुरा सिक्नुपर्ने बताए।
 
448640287_866690912159767_9185796256550811410_n.jpg
त्यस्तै विशेष अतिथि युएई नागरिक डा. बु अद्दुल्लाहले कार्यक्रमको सफलताको कामना गरे ।
 
449028530_831756598485041_4961256957832801607_n.jpg
कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै इनास अबुधावीका अध्यक्ष अस्मत घिमिरेले आफूहरुले नेपाली पहिचान जोगाउन यो कार्यक्रम गरेको बताए।
कार्यक्रम स्थानीय फोकलर थियटरमा आयोजना गरिएको थियो।
 
448760558_994489172058028_51245141219692829_n.jpg
सो कार्यक्रम हेर्न सारजहाँ, दुबई र करीब ५ घण्टा बसको यात्रा गर्दै साउदीको सिमानाबाट समेत नेपालीहरु आएका थिए।
 
448727838_1636718910498696_8753903149269931429_n.jpg
नेपालबाट सोही कार्यक्रममा लागी गएका युवा पुस्ताका लोकप्रिय गायक प्रमोद खरेलले आफनो प्रस्तुति दिदा दर्शकहरुले खचाखच भरिएको हलमा दर्शक सम्हाल्न हम्मे हम्मे परेको थियो।
 
448684715_847474330574814_6944602843470777664_n.jpg

त्यस्तै अहिलेकी चर्चित गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको प्रस्तुतिमा पनि दर्शकहरू निकै रमाएका थिए।

448491909_7728751777172303_8720355690767133656_n.jpg

गायक विश्व दोङ तामाङ् र स्थानीय गायिका कविताले पनि दर्शक नचाउन सफल भए । गायिका सुनिता कार्कीले पनि ३ गीत प्रस्तुत गरेको कार्यक्रममा त्यहीँ बस्ने नेपाली समुहका कलाकार रोनी लगायतले नृत्यमार्फत दर्शकलाई राम्रैसंग नचाएका थिए।

448527165_1079516010548553_3436836656171320593_n.jpg
कार्यक्रममा राजदुत क्षेत्री, इनास नेपाल अध्यक्ष पाण्डेय र युएई नागरिक अब्दुल्लाहलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।
 
449065997_492373749987039_3716123837940065496_n.jpg
उमाकान्त पाण्डे र रुपेश अधिकारीले सञ्चालन गरेको तथा रामु शाही ठकुरीले स्वागत मम्तव्य राखेको सो कार्यक्रमलाई सफल पार्न इनास युएई अध्यक्ष एम. डी. बोहोरा, महासचिव हरि मोक्तान, सल्लाहकार केशव शर्मा नेपाल, प्रविन निरौला, प्रकाश पौडेलको साथमा उपाध्यक्ष गङ्गा खड्का, रन्जीत रिजाल संगै रश्मी रिजाल, कविता आरबिएम र विना मानन्धरलगायतका इनासका पदाधिकारी एवं सदस्य तथा शुभचिन्तकहरु कार्यक्रम सफल पार्न अहोरात्र खटेका थिए।
448956883_1037678457920221_5162165372312091449_n.jpg
इनास अबुधावीका अध्यक्ष घिमिरे र उनको नेतृत्वको टिमको अतिथि सत्कार र कार्यक्रम व्यवस्थापन निकै उत्कृष्ट भएको सहभागीहरुले बताएका छन् ।
448472505_1235671620734103_520408522440370756_n.jpg
साथै युएई एम्बेसी नेपालले यो कार्यक्रमलाई प्राथमिकताका साथ आफ्नो अफिसियल फेसबुक पेजमा शेयर गरेको थियो। यस किसिमको कार्यक्रम यसरी एम्बेसीले शेयर गरेको यो पहिलो घटना भएको एक आयोजकले बताए ।
448689335_392074767196829_1336195663998286929_n.jpg
इनास अबुधावीले गत वर्ष इनास धमाका -१ आयोजना गरेको थियो भने यो वर्षको सिजन-२ भव्य सफल भएपछी अर्को वर्ष इनास धमाका-३ को आयोजना गर्ने घोषणा गरेको छ।
 
448962108_1008547277594597_8374300223242938031_n.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij