Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्तो छ ‘जेरीः अन टप’मा अनमोलको लुक्स


सारांश

यस्तो छ ‘जेरीः अन टप’मा अनमोलको लुक्स
images

काठमाडौं । चलचित्र ‘जेरीः अन टप’मा  हुने नायक अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको उनको लुक्स निर्माणपक्षले सार्वजनिक गरेको हो । 

अनमोल चकलेटी लुक्समा देखिएका छन् । खैरो जिन्सको आउटर र पाइन्टमा देखिएका अनमोलले पिंक कलरको टिसर्ट लगाएका छन् । उनको गेटअप र लुक्सले उनी कलेज ब्वाइको क्यारेक्टरमा सिनेमामा रहेको अनुमान लगाउन सकिन्छ । 

चलचित्र ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने तयारीमा छ । 

चलचित्रलाई सुयोग गुरुङको निर्देशन गर्दैछन् । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहने बताइएको छ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।


 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij