Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने


सारांश

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
images

काठमाडौं । व्यावसायिक कारोबार गरेको रकम अब व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ।

आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सूचना जारी गरेको छ।

'कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन' आर्थिक ऐनमा उल्लेख गरिएको छ।

यसको अर्थ यस्तो रकम व्यावसायिक कारोबारमा सम्बन्धित कम्पनी तथा संस्थागत खातामा पठाउनु पर्ने हुन्छ। 

यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij