Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि स्वस्तिमा र साम्राज्ञीले मागे माफी


सारांश

सामाजिक सञ्जालमा चर्को आलोचना  भएपछि स्वस्तिमा र साम्राज्ञीले मागे माफी
images

काठमाडौं । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री जसीता गुरुङको विषयमा आफूले दिएको अभिव्यक्ति प्रति अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागेका छन् । अभिनेत्री जसीताले आपत्ती जनाएको पोस्टको कमेन्टमा गएर उनीहरूले माफी मागेका हुन् ।

अभिनेत्री खड्काले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्‍याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैँ मेरो लागि राम्रो साथी छौँ र एक पटक फेरि म तिमीसँग माफी चाहन्छु ।’
 
यसैसाता एक टेलिभिजनको टक शोमा स्वस्तिमा र अभिनेत्री साम्राज्ञी शाह अतिथिको रुपमा पुगेका थिए । ओसिन सिटौलाले होस्ट गरेको कार्यक्रममा गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारका व्यक्तिगत कुराहरु पनि गरिएको थियो । टेलिभिजन कार्यक्रममा जथाभाबी बोल्ने स्वस्तिमा र साम्राज्ञीविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij