सारांश
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज साँझ ८ : १५ मा बार्बाडोसमा सुरु हुनेछ ।
पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।
भारतले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ को टी-२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ ।