Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सुनिल खड्काले जिते कमेडी च्याम्पियन सिजन-३ को उपाधि


सारांश

सुनिल खड्काले  जिते कमेडी च्याम्पियन सिजन-३  को उपाधि
images

 काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् ।

उनले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् ।

सुनसरीका काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी खनाल सेकेण्ड रनर अप भइन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।

विशाल भण्डारीले निर्देशन गरेको शो ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । 

‘कमेडी च्याम्पियन सिजन–१’को विजेता हिमेश पन्त हुन् भने सिजन–२ को विजेता भरतमणि पौडेल हुन् ।  

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij