Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रेस काउन्सिलमा जसिताको उजुरी : ‘इट्स माइ शो’ हटाउन माग


सारांश

प्रेस काउन्सिलमा जसिताको उजुरी : ‘इट्स माइ शो’ हटाउन माग
images

काठमाडौं । नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘इट्स माइ शो’ मा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रेस काउन्सिलमा आज लिखित उजुरी गरेकी छन् ।

गत असार ८ गते ओसिन सिटौलाले सञ्चालन गरेको कार्यक्रममा जसितालगायत थुप्रै कलाकारको व्यक्तिगत जीवनमा असर पुर्‍याउने गरी प्रश्नोत्तर गरिएको थियो । चौतर्फी रुपमा आलोचना भएपछि कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् भने क्षमायाचना समेत गरेका छैनन् । जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् ।

उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij