Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कोपा अमेरिका: क्वार्टर र सेमिफाइनलमा अतिरिक्त समय नहुने


सारांश

कोपा अमेरिका:  क्वार्टर र सेमिफाइनलमा अतिरिक्त समय नहुने
images

एजेन्सी । अमेरिकामा जारी कोपा अमेरिका–२०२४ अन्तर्गत क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरूमा अतिरिक्त समय नथपिने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुँदै छ । 

नकआउट चरणका खेलअघि आयोजकले निर्धारित ९० मिनेटको समय नतिजा बराबर भए अतिरिक्त समयमा नगई सोझै पेनाल्टी सुटआउटबाट नतिजाको निर्णय हुने जनाएको हो । आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले फाइनलमा भने अतिरिक्त समय हुने खुलाएको छ । 

प्रतियोगिताको फाइनल खेल जुलाई १४ हुने तालिका छ । प्रतियोगिताको क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना, क्यानडा, इक्वेडर, भेनेजुयला, ब्राजिल, कोलम्बिया, पानामा र उरुग्वेले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij