Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

२२ औं आहा रारा गोल्डकपको उपाधि संकटालाई


सारांश

२२ औं आहा रारा गोल्डकपको उपाधि संकटालाई
images

काठमाडौं । संकटा क्लबले शनिबार आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका जितेको छ ।

पोखरा रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा संकटाले भुटनिज युथलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

संकटाले यसअघि २०७७ सालमा पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।

उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । यस्तै, उपविजेतामा चित्त बुझाएको भुटनिज युथले ६ लाख रुपैयाँ पुरस्कार पायो । भुटनिज युथले पहिलोपटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको हो

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij