सारांश
काठमाडौं । फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।
स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
सोमबार जर्मनीको बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरे । इंग्ल्यान्डका कोल पाल्मेरले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
युरोको पछिल्लो पाँच संस्करणमध्ये स्पेनले तीन संस्करणको उपाधि जितेको छ । इंग्ल्यान्ड भने लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो ।
यसअघि युरो–२०२० को फाइनलमा प्रवेश गरे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इंग्ल्यान्ड उपविजेतामा सीमित बनेको थियो ।