Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि


सारांश

अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि
images

काठमाडौं । लौटारो मार्टिनेज निर्णायक बनेपछि फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

यो उपाधिसँगै अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिम बनेको छ । अर्जेन्टिनाले १६औँ उपाधि जितेको हो । १५औँ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ ।

सोमबार अमेरिकाको हार्ड रक रंगशालामा मार्टिनेजले ११२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा अर्जेन्टिना लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

अर्जेन्टिना विश्व फुटबलमा लगातार तीन मुख्य उपाधि जित्ने दोस्रो टिम समेत बनेको छ । अर्जेन्टिनाअघि स्पेनले सन् २००८ को युरोपियन च्याम्पियनसिप, २०१० को फिफा विश्वकप र २०१२ को पुनः युरोपियन च्याम्पियनसिपको उपाधि जित्दै यो कीर्तिमान बनाएको थियो ।

२३ वर्षपछि फाइनलमा प्रवेश गरेको कोलम्बियाले भने उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो । सन् २००१ मा फाइनलमा प्रवेश गरेको कोलम्बियाले उक्त संस्करणको उपाधि समेत जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij