Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

छिन्नलता गीत पुरस्कार प्रदान


सारांश

छिन्नलता गीत पुरस्कार प्रदान
images

काठमाडौं । 'छिन्नलता गीत पुरस्कार' प्रदान गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउने संगीतकर्मीलाई आज छिन्नलता गीत पुरस्कार प्रदान गरिएको हो ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरेका हुन् ।


 प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी, गायक शिव परियारलाई प्रदान गरे । युवा प्रतिभा पुरस्कार गायिका मेनुका पौडेलले प्राप्त गरिन् । 

 २०८० सालको छिन्नलता गीत पुस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङलाई प्रदान गरिएको छ । युवा प्रतिभा पुरस्कार गायक भुपू पाण्डेले प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij