Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आजदेखि महिला एसिया कप : नेपाल युएईसँग भिड्दै


सारांश

आजदेखि महिला एसिया कप : नेपाल युएईसँग भिड्दै
images

काठमाडौं । आजदेखि नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेट सुरु हुँदैछ । श्रीलंकामा सूरु हुने प्रतियोगितामा उद्घाटन खेलमा नेपाल र युएई खेल्दै छन् ।

उक्त खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार सवा २ बजेदेखि सुरु हुनेछ ।

एसिया कपमा ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलङ्का र बङ्गलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

नेपालले समूह चरणमा बलिया राष्ट्र भारत, पाकिस्तानसँगै यूएईको सामना गर्नेछ । नेपालले आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।
 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij