Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित


सारांश

काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित
images

काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले पराजित गरेको हो ।

अब शनिबार हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।

कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलका दुवै खेल आउने आइतबार हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij