Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसीसी महिला एसिया कपः नेपालको लज्जास्पद हार


सारांश

एसीसी महिला एसिया कपः नेपालको लज्जास्पद हार
images

काठमाडौं । एसीसी महिला एसिया कपको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध नौ विकेटको लज्जास्पद हार व्यहोरेको छ ।

आइतबार श्रीलंकाको दम्बुल्लामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रनको योगफल खडा गरेको थियो ।

प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो ।

जितसँगै समूह ‘ए’ मा पाकिस्तानले दुई अंक जोडेको छ । समूहमा नेपालको पनि दुई अंक नै छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij