सारांश
काठमाडौं । नेपाली कथानक चलचित्र ‘आउट लः दफा २१९’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ ।
असोज ३ गतेबाट रिलिज हुने चलचित्रको सार्वजनिक टिजरमा देखिएको सुशील श्रेष्ठको एंग्री लुक्स र एक्सनले चलचित्र एक्सनप्रधान रहेको संकेत गरेको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।