Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ओबामाले गरे कमलालाई समर्थन


सारांश

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ओबामाले गरे कमलालाई समर्थन
images

एजेन्सी । पूर्व-अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको समर्थन गरेका छन्।

हालका राष्ट्रपति जो बाइडेनले आइतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए। तर ओबामाले भने त्यसो गरेका थिएनन्।

तर ह्यारिस उम्मेदवार बन्ने लगभग पक्का भएपछि भने ओबामाले उनको उम्मेदवारीको समर्थन गरेका छन्।

ओबामा र उनकी श्रीमती मिसेल ओबामाले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित गराउन उनीहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij