सारांश
एजेन्सी । पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिकमा औपचारिका रूपमा शुभारम्भ भएको छ।
यसपालिको पेरिस ओलम्पिकको उद्घाटन पृथक एवम् भव्य रह्यो। यसकारण कि यसअघिका संस्करणहरूमा कुनै स्टेडियममा हुने उद्घाटन समारोह यसपालि बीच सहरको सेन नदी किनारमा भएको थियो। पुल, नदी किनार तथा घरका छतहरूमा उद्घाटन समारोहका प्रस्तुतीहरू भएका थिए।
उद्घाटन समारोहलाई अद्भूत र ऐतिहासिक भनिएको छ। उद्घाटन समारोहमा विभिन्न विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुती दिएका थिए।
ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ। यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिदैछन्। ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ। नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन्।