Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

भारतलाई हराउँदै श्रीलंका बन्यो महिला एसिया कप च्याम्पियन


सारांश

भारतलाई हराउँदै श्रीलंका बन्यो महिला एसिया कप च्याम्पियन
images

काठमाडौं । भारतविरुद्ध आठ विकेटको जित निकाल्दै श्रीलंका पहिलोपटक एसीसी महिला एसिया कप च्याम्पियन बनेको छ ।

आइतबार दमुल्लामा भएको फाइनल खेलमा भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य घरेलु टिम श्रीलंकाले१८.४ ओभरमा पूरा गर्दै पहिलोपटक महिला एसिया कपको उपाधि जितेको हो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो ।

महिला एसिया कपको इतिहासमा प्रतियोगिताको सबैभन्दा सफल टिम भारतले सातपटक उपाधि जितेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij