Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

७ महिने गर्भवती ओलम्पिक प्रतिस्पर्धामा


सारांश

७ महिने गर्भवती ओलम्पिक प्रतिस्पर्धामा
images

एजेन्सी । इजिप्टियन फेन्सर नाडा हाफिजले आफूले ७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन् ।

२६ वर्षी हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन् । तर अन्तिम १६ मा पराजित भइन् । उनले इन्स्टाग्रममा एक पोष्ट गर्दै आफू ७ महिनाको गर्भवती रहेको उल्लेख गरेकी हुन् ।

‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए । म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा’, उनले लेखेकी छन्, ‘मेरो बच्चा र मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौतीहरु थिए । गर्भावस्थाको रोलरकोस्टर आफैंमा कठिन छ, तर जीवन र खेलकुदको सन्तुलन कायम राख्नको लागि लड्नु कठिनभन्दा कम थिएन ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij