Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गुरुदेव कामतको निधन


सारांश

गुरुदेव कामतको निधन
images

काठमाडौं । संगीत प्रशिक्षक गुरुदेव कामतको निधन भएको छ ।

६९ वर्षको उमेरमा बिहीबार बिहान सिरहास्थित आफ्नै निवासमा उनको निधन भएको बताइएको छ । उनी मिर्गौला रोगबाट पीडित थिए ।

कामत मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । आर्थिक अवस्था कमजोर भएपछि उनी केही समयअघि मात्र काठमाडौंबाट गृहजिल्ला सिरहा फर्किएका थिए । उनले नियमित डायलासिस गराउँदै आएका थिए ।

कामतले लामो समयदेखि संगीत सिकाउँदै आएका थिए । पछिल्लो पुस्ताका धेरै गायकगायिकाले उनीसँग संगीतको शिक्षा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij