सारांश
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले पहिलोपटक भारतविरुद्ध जित निकालेको छ ।
नेपाली टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हरायो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–१८ र १५–१३ को स्कोरमा भारतलाई हराएको हो ।
महिला भलिबलको इतिहासमा नेपालले भारतविरुद्ध पहिलो सेट जितेको यो पहिलोपटक हो ।