सारांश
काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् ।
शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् । स्नातक अध्ययनरत मिस नेपाल वर्ल्ड आस्मा काठमाडौं निवासी हुन् ।
प्रतियोगितामा विष्णुहरि पाण्डे, डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्माचार्य, सहारा बस्नेत राणा, दिव्य देव, प्रियंकारानी जोशी, शरद भेषावकर, रियासा दाहाल, सकुन भण्डारीलगायत ११ निर्णायकको भूमिकामा थिए ।
मिस नेपालको आयोजना दी हिडन ट्रेजरले गर्दै आएको छ । २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।