Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

काभा भलिबल: उपाधि भिडन्तमा भारतसँग चुक्यो नेपाल


सारांश

काभा भलिबल: उपाधि भिडन्तमा भारतसँग चुक्यो नेपाल
images

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल फेरि भारतसँग स्तब्ध बनेको छ ।

बुधबार अपराह्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।

पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेको थियो । दोस्रो सेटमा भारतसँग २५–१४ ले स्तब्ध बन्यो । तेस्रो सेटमा फेरि २५–२२ को जित निकालेको नेपाल चौँथो सेटमा २५–२१ ले पराजित भएको भयो । अन्तिमको निर्णायक सेटको खेलमा नेपाल १५–५ ले पराजित भयो ।

नेपालमाथि जित निकालेपछि भारतले फेरि एकपटक उपाधि आफ्नो पक्षमा पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij