सारांश
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा गएको जुलाई २६ देखि सुरु खेलको महाकुम्भ मानिने ओलम्पिक २०२४ आइतबार सकिएको छ ।
उक्त समारोहमा अमेरिकी आर्टिस्ट बिली इलिश, स्नूप डग र रेड हट चिली पेपर्सले पर्फम गरेका थिए । समारोहमा हलिउड अभिनेता टम क्रुज सामेल थिए ।
समारोहमा ओलम्पिकको झन्डा लस एन्जेलसलाई सुम्पिइएको थियो । लस एन्जेलसमा सन् २०२८ को गृष्मकालीन ओलम्पिक आयोजना गरिनेछ ।
पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदकका साथ शीर्ष स्थानमा रह्यो । तालिकाको दोस्रो स्थानको चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्यपदक जित्यो । २० स्वर्ण, १२ रजत र १३ कांस्यपदकसहित जापान तेस्रो भयो । ११४ देशलाई कुनै पनि मेडल प्राप्त हुन सकेन ।