सारांश
काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको छ ।
आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिस्मा मानन्धर, नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् ।