सारांश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ ।
सोमबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् ।
क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने जानकारीसमेत दिएको छ ।